२८ मंसिर २०८२, शनिबार

कर फर्छ्यौट ऐन तत्काल खारेज गर्न अर्थ समितिको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कर फर्छ्यौट आयोगले मनलाग्दी तरिकाले अर्बौं रकम बराबर कर मिनाहा गरेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

सोमबार बसेको व्यवस्थापिका संसदको अर्थ समितिको बैठकमा सांसदहरुले आयोग खारेज गर्नुपर्ने माग गरेपछि अर्ब समितिले कर फर्छ्यौट आयोग २०३३ तत्काल खारेज गर्न निर्देशन दिएको छ ।

‘२०५८ मा आयकर ऐन ल्याएपछि कर फर्छ्यौट आयोग औचित्यहिन भइसकेको छ,’ अर्थ समितिका सभापति प्रकाश ज्वालाले भने, ‘यस्तो औचित्यहिन आयोग तत्काल खारेज गर्न अर्थ समिति निर्देशित गर्दछ ।’

समितिको बैठकमा उपस्थित भएका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कर फर्छ्यौट आयोगको विषयमा अदालतमा मुद्दा परेकाले आफुले केही पनि बोल्न नमिल्ने बताएका थिए ।

‘अदालतमा बिचाराधीन अवस्थामा रहेको मुद्दामा मैले बोल्न मिल्दैन, आयोगबारे अदालतले जे निर्णय गर्छ त्यही हुन्छ,’ कार्कीले भने ।