![](https://internal.appharu.com/wp-content/uploads/2023/02/IPO-768x521.jpg)
काठमाडौं । प्रभु स्टील एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन जारी गर्ने भएको छ ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनीले आईपीओ निष्कासनसँग सम्बन्धीत कार्य गर्नका लागि सिलबन्दी बोलपत्र माग गरेको छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको हो । बिक्री प्रबन्धकले ९८ लाख कित्ता सेयर निष्कासन गर्न चाहिने प्रत्याभुकर्ता जुटाउने प्रतिवद्धता समेत जनाउनुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको अधिकृत पुँजी २ अर्ब ५ करोड, जारी पुँजी २ अर्ब र चूक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ ।
२० लाख कित्ता सेयर प्रभु ग्रुप्सका प्रभु होल्डिङ्ग, प्रभु ऊर्जा कृषि पर्यटन बिकास लिमिटेड र हाईड्रो होल्डिङ्गस, कम्पनीका कर्मचारीहरुको लागि छुट्याउने कम्पनीले जनाएको छ । २० लाख कित्ता नै उद्योग प्रभावित जिल्लावासीका लागि र ५८ लाख कित्ता म्युचुअल फन्ड र सर्वसाधारणका लागि छुट्याइने कम्पनीले जनाएको छ । कम्पनीले प्रिमियममा मूल्यमा आईपीओ जारी गर्ने जनाएको छ ।
कम्पनीले हाल फलामजन्य निर्माण सामाग्रीहरु टीएमटी छड, प्लेन रड, स्क्वायर रड, गेट च्यानल, शर्टर पत्ति,एङगल, हाईड्रोपावरको लागि चाहिने जिआई पाईप, पेनस्टक पाईप, हेड्वर्सकोे सामाग्री, केवलकारको लागिचाहिने सामान, हाइड्रोको हाईटेन्सनलाईनको खम्माको सामानआकाशे पुल, झोलुङ्गे पुललाई चाहिने फलामतथा स्टीलका निर्माण सामाग्री उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले ५०० मेगावाटसम्मका जलविद्युत आयोजनालाई आवश्यक फलामजन्य सामाग्रीको उत्पादन गर्न विभिन्न आयोजनसँग छलफल गरिरहेको कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS