घरजग्गा र सेयर बजारमा कर्जा लगानी हुँदा अर्थतन्त्र समस्यामा: श्रेष्ठ « Eglish Khabarhub

घरजग्गा र सेयर बजारमा कर्जा लगानी हुँदा अर्थतन्त्र समस्यामा: श्रेष्ठ



काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठले उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी नहुँदा अर्थतन्त्र समस्यामा परेको बताएका छन् ।

राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले आगामी दिनमा लगानी हुने कर्जाले आन्तरिक उत्पादन बढाउन सहयोग नगरे फेरि अर्थतन्त्र समस्यामा पर्ने बताए ।

‘कर्जा प्रवाह कम हुँदा शोधानान्तर स्थिति सुधार हुनुको साथैं विदेशी मुद्राको संचिती बढेको हो’ श्रेष्ठले भने,’बिगतमा घर जग्गा र सेयर बजारमा कर्जा लगानी हुँदा अर्थतन्त्र समस्या परेको हो। आगामी दिनमा कर्जा प्रवाह बढ्यो भने फेरि यो चक्र दोहरिन्छ ।’

राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले नेपालमा अत्याधिक कर्जा लगानी हुँदा केही समस्या आएको बताए।

‘हामीले तथ्यांकका आधारमा नीति बनाउने गर्छौं’ श्रेष्ठले भने, ‘हाम्रो अर्थतन्त्र संकटमा होइन, दबाबमा छ।’

Publish on: