![](https://internal.appharu.com/wp-content/uploads/2023/04/sumit-768x432.png)
काठमाडौं । समिट होटल प्रालिले विकास गरिरहेको रेसिडेन्सी परियोजनासँग जोडेर सार्वजनिक भएका समाचार एवं सामाजिक सञ्जालमार्फत् गरिएका टिकाटिप्पणीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको सीजी डेभलपर्सले जनाएको छ ।
समिट होटल प्रालिमा उक्त होटल संचालनमा रहेको समयदेखि अहिले समिट रेसिडेन्सीको परियोजनासम्ममा सीजी डेभलपर्स जम्मा ३० प्रतिशतको साझेदार भएको सीजी डेभलपर्सका अध्यक्ष राहुल चौधरीले जनाएका छन् । बाँकी ७० प्रतिशत हिस्साको साझेदारहरूमा रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उनीहरूको परिवार रहेको उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘समिट होटल प्रालिले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं संचालनको जिम्मेवारी संचित श्रेष्ठले लिनु भएको छ । त्यसैले यस परियोजनाको निर्माणक्रममा सीजी डेपलपर्स व्यवस्थापन र संचालनमा संलग्न नरहेको हामी जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ।
सीजी डेभलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित रहेको र ति परियोजनाले नेपालको रियल स्टेट सेक्टरमा छुट्टै पहिचान स्थापित गरेको चौधरीले उल्लेख गरेका छन् । सीजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सीजी हिल्स, माउण्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३) विकास गरेको हो । र, अहिले ललितपुरको भैंसेपाटीमा सीजी हिल्स प्रिमियम विकास गरिरहेको छ । यी परियोजनाहरूको व्यवसायिक व्यवस्थापन र संचालन सीजी डेभलपर्सले गर्ने उनको भनाइ छ ।
समिट होटल प्रालिको परियोजनाका सम्वन्धमा यस परियोजनाका आधिकारिक प्रवक्ताका रूपमा संचित श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको र, यस सम्बन्धमा आवस्यक थप जानकारी उनीमार्फत् नै आउनेमा विश्वस्त रहन चौधरीले आग्रह गरेका छन् ।
SHARE YOUR THOUGHTS