![](https://internal.appharu.com/wp-content/uploads/2023/04/fncci-final-768x403.jpg)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको लागि भएको मतदानमा एसोसिएटतर्फको मतगणना सकिएको छ ।
कुल मतगणना भइसक्दा रामचन्द्र संघईले ६१३ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ५७३ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरेका छन् ।
एसोसिएटतर्फ वरिष्ठ उपाध्यक्ष पदका लागि १६३० मत खसेको थियो । जसमध्ये केही मत भने बदर भएको र केही मतपत्र नै खाली रहेको प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले बताए ।
मतगणना कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ ।
अब वरिष्ठ उपाध्यक्षका लागि वस्तुगत र जिल्ला/नगरतर्फको मतगणना हुन बाँकी छ ।
SHARE YOUR THOUGHTS