![](https://internal.appharu.com/wp-content/uploads/2021/07/mutual-funds.jpg)
काठमाडौं । सिटिजन्स क्यापिटलले आज देखि सिटिजन्स सुपर ३० म्युचुअल फन्ड निष्कासन गरेको छ ।
१० करोड इकाई निष्कासन गर्न लागेकामा १ करोड ५० लाख इकाई विज पुँजीवापत कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई छुट्याएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
फण्डमा वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख २० गतेसम्म आवेदन दिन सकिने छ ।
प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । यसमा सी–आस्वा सदस्य रहेका बैक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
SHARE YOUR THOUGHTS