धेरै रेमिट्यान्स भित्र्याएर हिमालयन बैंकले पायो राष्ट्र बैंकबाट सम्मान « Eglish Khabarhub

धेरै रेमिट्यान्स भित्र्याएर हिमालयन बैंकले पायो राष्ट्र बैंकबाट सम्मान


१७ बैशाख २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो ६८औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेकोे एक समारोहका बीच वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंकलाई सम्मानित गरेको छ ।

सो समारोहमा सम्मानस्वरुप राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरे । हिमालयन बैंकले आर्थिक वर्ष २०७८/७९ मा देशमा भित्रिएको कुल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको हो ।

करिब दुई दशकदेखि आफ्नो विप्रेषण सेवा ‘हिमाल रेमिट’मार्फत् ग्राहकहरुलाई समयानुकूल सेवा-सुबिधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ । बंैकले संसारभरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जालमार्फत् प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा संचालन गर्दै आएको छ ।

हाल बंैकले देशभरी फैलिएका हिमालरेमिटका १८,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत् विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ भने बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा पनि प्रदान गर्दै आएकोे छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार ००:००  ३ : ५० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping