३० लाख ठगी गर्ने रेग्मी पक्राउ « Eglish Khabarhub

३० लाख ठगी गर्ने रेग्मी पक्राउ


१७ बैशाख २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छु भनी रु ३० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनी रु ३० लाख ठगी गर्ने चितवन भरतपुर महानगरपालिका घर भई काठमाडौँको लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका रेग्मी लाजिम्पाटस्थित माझी विष्ट्रो रेष्टुरेण्टका सञ्चालकसमेत छन् । कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले अष्ट्रेलियामा मासिक रु तीन लाखभन्दा बढी तलब हुने प्रलोभन देखाएर ३० लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

रेग्मीलाई वैदेशिक रोजगार विभागबाट गरिएको पत्राचारको आधारमा दरबार मार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ रेग्मीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार ००:००  ८ : ५८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping