मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हटाउन थालियो काठमाडौं महानगरभित्रको अव्यवस्थित तार, यी हुन् तार हटाइने रुट


tar wire ktm mahanagar

काठमाडौं । लामो समयसम्म समन्वय र सहयोगको विषयमा विवादले रोकिएको काठमाडौं महानगरपालिकाभित्रको तार व्यवस्थापनको काम आजबाट सुरु भएको छ । महानगर क्षेत्रभित्र रहेका अव्यवस्थित तारलाई व्यवस्थित बनाउने काम सुरु भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तार व्यवस्थित बनाउने काम सोमबारबाट थालेको महानगरपालिकाले जनाएको छ ।

आइतबार महानगरपालिका र नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिलगायतसँग भएको छलफलपश्चात भएको निर्णय बमोजिम सोमबार बाट तार व्यवस्थित बनाउने काम सुरु भएको हो ।

यसअघि महानगरले सूचना प्रकाशित गर्दै तार व्यवस्थित गराउन र नगरेमा आफैंले हटाउने बताएको थियो । तर, सम्बन्धित इन्टरनेट सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरणलगायतले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा यो विषयमा पत्र लेखेपछि सबै स्थानीय तहलाई अन्धाधुन्ध तार नहटाउन र त्यसो गर्दा सेवा अवरुद्ध भएको भन्दै समन्वयमा काम गर्न परिपत्र पनि जारी भएको थियो ।

महानगरपालिका र अन्य सम्बन्धित सेवा प्रदायक तथा निकायहरुबीच भएको आइतबारको बैठकपछि भने समन्वयमै तार हटाउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रकाशन गरि १३ स्थानमा तार हटाउन थालिएको जानकारी दिएको छ ।

यी हुन् रुट