
काठमाडौं । सिद्घार्थ बैंकले अभिभावक र बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘सिद्धार्थ पे एन्ड सेभ’ खाता सञ्चालनमा ल्याएको छ ।
शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत १ सयभन्दा बढीको विद्युतीय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाको खातामा स्वतः जम्मा हुनेछ ।
डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाका लागि आजैबाट स-सानो बचत गर्दै जान अभिप्रेरित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस खातामा बैंकले अभिभावक र बालबालिका दुबैको खातामा विशेष आकर्षणको रुपमा पहिलो वर्षका लागि नि:शुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ ।
साथै, ग्राहकलाई यस खाता खोलेर यथाशीघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ ।
क्यासब्याक योजनाअन्तर्गत अभिभावकले डेबिट कार्डमार्फत पहिलो पटक पीओएस वा अनलाइनबाट न्यूनतम १ हजारको कारोबार गर्दा कारोबार रकमको ५ प्रतिशत (अधिकतम सय रुपैयाँ) क्यासब्याक पाउन सक्छन् । यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाको खातामा जम्मा हुनेछ ।
यस खाताले अभिभावकलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै स-सानो बचत गरी आफ्नो बालबालिकाका लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । सिद्धार्थ बैंकको १९५ शाखा कार्यालयबाट सहजै यो बचत खाता खोल्न सकिन्छ ।