मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासंघ उद्योग समितिको सभापतिमा राजेशकुमार अग्रवाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उद्योग समितिको सभापतिमा उद्योगी राजेशकुमार अग्रवाल चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्र ढकालले अग्रवाललाई सभापतिमा चयन गरेका हुन् ।

उद्योगी व्यवसायीका समस्याका बारेमा बढी जानकार रहेको र सरोकारवाला निकायमा उद्योगी व्यवसायीका समस्यालाई राख्न सक्ने भन्दै उनलाई चयन गरेको बताइएको छ ।

अग्रवालले उद्योगी व्यवसायीले भोग्दै आएको समस्या समाधानका लागि आफुले नीतिगत सुधार लगायतमा काम गर्ने बताए । उद्योगी व्यवसायीले भोगेको समस्या सरकारसँग राख्ने र व्यावसायिक वातावरण निर्माणका लागि काम गर्ने बताए ।

अग्रवाल सिद्धार्थ, अर्घाखाँची सिमेन्ट, सिद्धार्थ खाद्यन्न उद्योग, एसियन कंक्रिटो, श्री स्टील लगायतका उद्योगमा लगानी रहेको छ ।