मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेता खाणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो


काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ।

काठमाडौं प्रहरी परिसरबाट उनलाई म्याद थपका लागि अदालत लगिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रहरीले पूर्वगृहमन्त्री खाँणसहित तत्कालिन गृह सचिव टेकनारायण पाण्डेसहित १० जनालाई पक्राउ गरिसकेको छ । आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।