मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाण पक्राउ परेपछि देउवाले बोलाए पार्टीका शीर्ष नेताहरुको बैठक


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका पार्टी नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि देउवाले शीर्ष नेतालाई बैठकमा बोलाएका हुन् ।

सिंहदबारमा तीन दलका शीर्ष नेताको बैठकपछि उनले पार्टीका शीर्ष नेताको बैठक धुम्बाराहीमा बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदीय समिति लगायतका विषयमा छलफल हुने जनाइएको छ ।