रिया मनी ट्रान्सफरमार्फत आएको रेमिट्यान्समा १०० रुपैयाँ बोनस

काठमाडौं । ‘आइएमई पे’ मा रिया मनी ट्रान्सफरमार्फत पठाएको रकम प्राप्त गर्दा ग्राहकले १ सय रुपैयाँ बोनस पाउने भएका छन् ।

आइएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्ने ग्राहकलाई ५० रुपैयाँ बोनस दिँदै आएकोमा बढाएर १ सय रुपैयाँ बनाएको हो ।

यससँगै अमेरिका, युरोप, क्यानाडा, मलेसिया, कतार, युएई, कुवेत, बहराइनलगायत विश्वको जुनसुकै स्थानबाट रिया मनी ट्रान्सफरका साथै मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वोर्ल्डवाइड क्यास एक्सप्रेस र इजी रेमिटबाट पठाएको रेमिट्यान्सको रकम आइएमई पेमा प्राप्त गर्दा ग्राहकले १ सय रुपैयाँ बोनस पाउनेछन् ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।