मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल बैंक र मोको वालेटबीच डिजिटल भुक्तानी सम्झौता


काठमाडौं‌ । फोकस वान पेमेन्ट सोलुसन्स र नेपाल बैंकबीच भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ ।

फोकस वान पेमेन्ट सोलुसन्सद्वारा सञ्चालित मोको डिजिटल वालेट र नेपाल बैंकबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपाल बैंकका ग्राहकले मोको डिजिटल वालेमा भिसा डेबिट र क्रेडिट कार्ड लिंक गरी मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानीलगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

बैंकका ग्राहकले मोको डिजिटल वालेटमार्फत स्क्यान टु पे गरी ६ हजारभन्दा बढी मर्चेन्टको भुक्तानी गर्न सक्नेछन् ।

यससँगै मोको डिजिटल वालेटमा १९ बैंक वित्तीय संस्थाको भिसा डेबिट र क्रेडिट कार्ड प्रयोग गरी विभिन्न भुक्तानी गर्न सकिन्छ ।

भिसा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवाप्रदायक कम्पनी फोकस वान पेमेन्ट सोलुसन्स हो ।