मेन स्टोरी राइट

सरकारी पुराना सवारी साधन ६ महिनाभित्र लिलाम गरिने



काठमाडौं । सरकारले पुराना सवारी साधन तथा सामग्री ६ महिना भित्र लिलाम गर्ने भएको छ ।

आव २०८०/०८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो व्यवस्था गरिएको बताएका हुन् ।

प्रस्तुत बजेटमा सरकारी पुराना सवारी साधन र सामग्री ६ महिनाभित्रमा नै लिलामी गरिने व्यवस्था गरिएको महतले बताएका छन् ।

अहिले आगामी आवको लागि बजेट प्रस्तुत भइरहेको छ ।