
काठमाडौं । सरकारले अनुसन्धान, नवपर्वतन र आविष्कारलाई पर्वधन गर्न पुँजीगत बजेटको १ प्रतिशत रकम खर्च गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले यो वर्ष अनुसन्धान, नवपर्वतन र आविष्कार कोेषमा १ अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गरिएको छ ।
अनुसन्धान, नवपर्वतन र आविष्कारलाई व्यवस्थापन गर्न शिक्षा तथा प्रविधी मन्त्रालयमा इकाई गठन गरिने घोषणा गरिएको छ ।
यस्तै, स्टार्टअफलाई प्रवर्धन गर्न १ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
SHARE YOUR THOUGHTS