
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै प्रत्यक्ष वैदेशिक लगानी प्रकृयालाई स्वचालित बनाइने भएको छ ।
वैदेशिक लगानीको न्यूनतम सिमा पुनरावलोकन गरी क्षेत्रगत रुपमा सिमा तोकिने भएको छ । सुचना प्रविधि उद्योगमा वैदेशिक लगानीको न्यूनतम सिमा हटाइने भएको छ ।
सूचना प्रविधि सेवा निर्यात गर्ने उद्देश्यले उद्योगलाई तेस्रो मु्लुकमा सम्पर्क कार्यालय खोल्न र उपकरण जडान गर्न उद्योगले गरेको विदेशी मुद्रा आर्जन गरेको १० प्रतिशत विदेशी मुद्रा सटही सुविधा गरिने छ ।
विदेशी लगानीबाट आर्जित आयलाई पुन लगानी गर्न स्वीकृत लिनु नपर्ने भएको छ ।
SHARE YOUR THOUGHTS