बजेटको कार्यान्वयन पक्ष हेर्न बाँकी: जबरा « Eglish Khabarhub

बजेटको कार्यान्वयन पक्ष हेर्न बाँकी: जबरा



काठमाडौं । पूर्वअर्थ राज्यमन्त्रीसमेत रहेका सांसद उदय शमशेर जबराले अप्ठयारो अवस्थामा आएको बजेटको कार्यान्वयको पक्ष हेर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् ।

सोमबार सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै प्रतिक्रिया दिँदै कार्यान्वयको पक्ष हेर्न बाँकी रहेको बताएका हुन् ।

बजेटमा कतिपय ठाँउमा खर्च घटाउन खोजेको बताए । गत आवकोभन्दा बजेटको साइज घटाएको, चालु खर्च बढेको उनले बताए । कतिपय योजना घटाएको देखिएको भन्दै उनले बजेट कार्यान्वयन हेर्न बाँकी रहेको बताए ।

करका विषयमा पनि केही नयाँ विषय रहेको उनले बताए । बजेटलाई अहिलेको अवस्थामा नराम्रो भन्न नसकिने उनले बताए ।

कतिपय ठाउँमा अझै राम्रो हुन सक्ने ठाँउ रहेको बताए । बजेट सधैं राम्रो आउने भए पनि कार्यान्वयनको पक्ष कमजोर हुने गरेको छ ।

सांसदलाई दिएको ५ करोड पूर्वाधार खर्चमा खर्च गर्नुपर्ने र साना आयोजनामा खर्च गर्न नसकिने उनले बताए । ५ करोड अभिकतम ५ वटा योजनामा राख्न लगाउनु राम्रो भएको उनले बताए ।

Publish on: