मेन स्टोरी राइट

प्राविधिक तथा उच्च शिक्षा क्षेत्रमा ३ अर्ब २ करोड विनियोजन



काठमाडौं । सरकारले प्राविधिक तथा उच्च शिक्षा क्षेत्रका लागि ३ अर्ब २ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै प्राविधिक तथा उच्च शिक्षा क्षेत्रमा ३ अर्ब २ करोड विनियोजन गरेको बताए ।

अर्थमन्त्रीअनुसार हाल प्रदान गरिदै आएको विपन्न, दलित, सीमान्तकृत लगायतका विद्यार्थीलाई लक्षित छात्रवृत्ति तथा मुलुकभरका छात्रालाई प्रदान गरिदै आएको छात्रवृति कार्यक्रमलाई निरन्तरता दिएको बताए।

सरकारले विद्यालय तह, प्राविधिक तथा उच्च शिक्षामा गरी ३ अर्ब २ करोड विनियोजन गरेको हो ।

यसबाट आगामी वर्ष करिव २६ लाख छात्रछात्राहरू लाभान्वित हुनेछन्। मुसहर, डोम र चमार विद्यार्थीलाई चिकित्सा तर्फको उच्च शिक्षामा प्रदान गरिदै आएको छात्रवृत्तिलाई निरन्तरता दिएको अर्थमन्त्रीको भनाइ छ ।