निक्षेपकर्ताले ब्याज आम्दानीबापत अब ६ प्रतिशत कर तिर्नुपर्ने « Eglish Khabarhub

निक्षेपकर्ताले ब्याज आम्दानीबापत अब ६ प्रतिशत कर तिर्नुपर्ने



काठमाडौं । बैंकमा निक्षेप राखेर ब्याज आम्दानी गर्ने कराडौं निक्षेपकर्तालाई सरकारले करको भार थोपरेको छ । निक्षेपकर्ताले ब्याज आम्दानीमा तिर्दै आएको कर सरकारले १ प्रतिशत विन्दुले बढाएको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याज आम्दानीबापत ६ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरेका हुन्।

एकातिर बैंकको ब्याजदर घटिरहेको छ भने अर्कातिर सरकारले लाभकर बढाइदिँदा निक्षेपकर्ता मर्कामा परेका छन् ।

Publish on: