
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर र आरजु राणाका छोरा जयवीरको विवाह हुने पक्का भएको छ । जयवीरको विवाह प्रेमिका शिवाना श्रेष्ठसँग हुने पक्का भएको हो । केही हप्ताअघि उनीहरुले औँठी साटेका थिए । अहिले औपचारिक रुपमा इन्गेजमेन्ट गरेका हुन् ।
दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिंदै आशीर्वाद दिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका जयवीर र शिवानाले आगामी भदौमा विवाह गर्ने भएका छन्।
SHARE YOUR THOUGHTS