ओलीको टिप्पणी: आर्टिफिसिल इन्टिलिजेन्ससम्म पुगिसक्यो मान्छे अर्थमन्त्रालयले टाइप गर्ने मान्छे भेटेन ? « Eglish Khabarhub

ओलीको टिप्पणी: आर्टिफिसिल इन्टिलिजेन्ससम्म पुगिसक्यो मान्छे अर्थमन्त्रालयले टाइप गर्ने मान्छे भेटेन ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा हवाईजहाजदेखि कम्प्युटर बनाउने मान्छे आउँदा पनि टाइप गर्ने मान्छे नभएका हुन् भन्दै प्रश्न गरेका छन् ।

गलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशको विषयलाई लिएर यस्तो अभिव्यक्ति दिएका हुन् । उनले अर्थमन्त्रीले टाइप गर्ने मान्छे अरु नभएको भन्दै दिएको स्पष्टीकरणलाई व्यंग्य गर्दै हवाईजहाजदेखि कम्प्युटरसम्म बनाउने मान्छे देशमा हुँदा टाइप गर्ने मान्छे नभएको हो भन्दै प्रश्न गरे ।

‘यत्रो वर्षमा हवाईजहाज बनाउने मान्छे पनि बनाए, उडाउने पनि मान्छे बनाए । कम्प्युटर बनाउने पनि आए, चलाउने पनि आए । आर्टिफिसिल इन्टिलिजेन्ससम्म पुगिसक्यो मान्छे, ती पनि भेटिए । यहाँ डाटा इन्ट्री गर्ने मान्छे छैन,’ ओलीले भने, ‘राष्ट्रपतिज्यूले १० जना कांग्रेसका मान्छेहरु मन्त्रीस्तरको सुविधा दिएर त्यहाँ राख्नु भएको छ घाम तपाएर, घाम भयो भने सितल तपाएर । अर्थमन्त्रालयमा टाइप गर्ने मान्छे छैन । अर्थमन्त्री जि, टाइप गर्ने मान्छे त्यहि एउटा छ, के गर्ने? बाध्यता छ भन्नुहुन्छ ।’

उनले अर्थमन्त्रीले लोकसेवा आयोगलाई भनेमा प्रतिस्पर्धी चार जना मान्छे तत्कालै भेटिने पनि बताए । उनल भने, ‘लोकसेवा आयोगलाई भन्नुस्, लोकसेवा आयोगले छानेर प्रतिस्पर्धि मान्छेहरु लियोस । कम्तीमा चार जना मान्छे हुन्छन् । कम्तीमा नासु स्तरमा मान्छे लिनुस चार जना मान्छे । तीन महिनामा प्रशिक्षण गराउन सकिन्छ । एसएस कोडका लागि तीन महिनामा प्रशिक्षण गराउन सकिन्छ ।’

ओलीले अनाधिकृत प्रवेश भएको भनिएका व्यक्तिलाई कसले र किन नियुक्ती गरेको भन्ने पनि प्रश्न गरे । उनले भने, ‘अब अच्चम लाग्छ, एउटा मान्छे छ । उ बिना हुँदैन । उहि मान्छे छ । अनि पछि बजेट बनाउनलाई नै रहेछ फाल्गुन १९ मा नियुक्ती गरेको? किन गरेको नियुक्ती? कसले गर्यो नियुक्ती? किन गर्यो?’

आफूले अर्थमन्त्रीको विरोध गरेको भन्दा पनि अर्थतन्त्रको बेहाल स्थितिप्रति दुख व्यक्त गरेको बताए । उनले भने, ‘यहाँ अर्थमन्त्रीको विरोध गर्नु परेको होइन । अर्थतन्त्रको बेहाल जुन भएको छ, त्यसमा आँसु बगाएको हो । देशप्रतिको दुख हो । यसप्रति सजग गराउन खोजेको हो सरकारलाई ।’

Publish on: