![](https://internal.appharu.com/wp-content/uploads/2023/05/sadak-pich-768x403.jpg)
काठमाडौं । सडक विभागले असार १ देखि भदाैं मसान्तसम्म वर्षायाम हुने भएकाले सडक खन्न स्वीकृति नदिने भएको छ ।
विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना प्रकाशित गर्दै वर्षायाममा सडक खन्न स्वीकृति नदिइने जनाएको हो । कार्यालयले सबै सडक डिभिजन कार्यालयअन्तर्गतका सडकहरू असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको हो ।
कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रने भन्दै असार १ देखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिइने जनाएको हो ।
स्वीकृति नदिइने र कसैले जबरजस्ती सडक खनेको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/06/352852266_569864745317629_971879935307062601_n.png)
SHARE YOUR THOUGHTS