![](https://internal.appharu.com/wp-content/uploads/2021/11/Akhtiyar-anusandhan-ayog.jpg)
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिस्ट (अधिकृत छैटौं तह) लेखनाथ भट्टराई ५० हजार घुस रकमसहित पक्राउ परेका छन् ।
ल्याब दर्ता प्रक्रिया अघि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई पक्राउ गरेका हो ।
भट्टराईलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौंको शंखमूलबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।
शुक्रबार नियन्त्रणमा लिइएका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
SHARE YOUR THOUGHTS