![](https://internal.appharu.com/wp-content/uploads/2017/03/caan.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)लाई पत्र पठाउँदै नयाँ भवनको नक्सा पास भए वा नभएको प्रश्न सोधेको छ ।
महानगरले क्यानलाई पठाएको पत्रमा महानगरको वडा नमबर ९ स्थित सिनामंगलमा प्राधिकरणको नाममा रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकाले उक्त भवनको नक्सा पास भए नभएको प्रश्न गरेको हो ।
महानगरले पत्रमा नक्सा पास भएको भए त्यसको प्रमाण पेस गर्न र नभएको भएमा महानगरले दैनिक पत्रिकामा प्रकाशित ३५ दिने सूचनाअनुसार नक्सापास गर्न निर्देशन पनि दिएको छ ।
प्रतिक्रिया