३३ तोला सुनका गहनासहित नगद चोरी « Eglish Khabarhub

३३ तोला सुनका गहनासहित नगद चोरी



चितवन । पूर्वी चितवनको रत्ननगरमा ३३ तोला ५० लाल सुनसहित नगद चोरी भएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर १२ निबासी गोपाल ओझाको घरबाट सुनका गहना र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार आज दिउँसो १२:४५ बजे गहना र नगद दुई लाख ५० हजार चोरी भएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाको अनुसन्धान सुरु गरिएको बताए ।

Publish on: