पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तराष्ट्रिय उडान « Eglish Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तराष्ट्रिय उडान



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तराष्ट्रिय उडान भएको छ ।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट विमान अवतरण गरेसँगै पहिलो अन्तराष्ट्रिय उडान भएको हो । बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरामा अवतरण गरेको विमानस्थलले जनाएको छ ।

बुधबार बिहान ९ बजेर ६ मिनेटमा विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त जहाजमा पोखराको फेवातालमा असार ८ र ९ गते हुने नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहिते चीनको भ्रमणमा रहेका नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहितको टोली नेपाल आएको छ ।

उक्त जहाज पोखराबाट काठमाडौं आएर चीनतर्फ जानेछ । जहाज दिउँसो ११ बजे काठमाडौं आउने बताइएको छ ।

सन् २०२३ को जनवरी १ बाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म अन्तराष्ट्रिय उडान हुन सकेको थिएन । आन्तरिक उडान नियमित रुपमा भइरहेको विमानस्थलबाट बुधबार नै पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो ।

Publish on: