सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? « Eglish Khabarhub

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम भएकोमा बुधबार १३ सय ८५ रुपैयाँ कायम भएको जनाएको छ ।

Publish on: