जेठमा जलविद्युत क्षेत्रमा करिब ७ अर्ब लगानी प्रतिबद्धता, ३७.३३ मेगावाट विद्युत उत्पादन गर्ने « Eglish Khabarhub

जेठमा जलविद्युत क्षेत्रमा करिब ७ अर्ब लगानी प्रतिबद्धता, ३७.३३ मेगावाट विद्युत उत्पादन गर्ने



काठमाडौं । लगानीकर्ताले जेठ महिनामा जलविद्युत क्षेत्रमा करिब ७ अर्ब लगानी प्रतिबद्धता जनाएका छन् ।

उद्योग विभागको तथ्याङ्कअनुसार जेठमा ६ अर्ब ८४ करोड १२ लाख रुपैयाँ जलविद्युत क्षेत्रमा लगानी प्रतिबद्धता जनाइएको देखाउँछ।

विभागमा जेठ ५ गते रसुवा जिल्लाको उग्रतारा तथा कालिका गाउँपालिकामा त्रिसुली क्यास्केड प्रालिले २४.६ मेगावाट बिजुली उत्पादन गर्ने भन्दै उद्योग दर्ता गरेको छ । कम्पनीले विजुली उत्पादन गर्न ४ अर्ब २२ करोड १२ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ ।

स्वदेशी लगानीमा बन्न लागेको उक्त आयोजनाबाट ४५ जनाले रोजगारी पाउनेछन् ।

त्यस्तै, म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नम्बर ४ मा फ्रे वाटर इनर्जीले १२.७३ मेगावाट बिजुली उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले २ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ ।

विभागमा दर्ता भएको विवरणअनुसार आयोजनाबाट ३१ जनाले रोजगारी पाउनेछन् ।

Publish on: