बालेनले महानगरमा हिन्दी फिल्म बन्द गरेपछि असन्तुष्ट रेशुले यसकारण दिइन् राजीनामा « Eglish Khabarhub

बालेनले महानगरमा हिन्दी फिल्म बन्द गरेपछि असन्तुष्ट रेशुले यसकारण दिइन् राजीनामा



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सल्लाहकार रहेको रेशु अर्यालले शाहको कार्यशैलीमा असन्तुष्टि जनाउँदै राजीनामा दिएकी छन् । अर्याल मेयरको शिक्षा सल्लाहकार थिइन् ।

सामाजिक सञ्जालमार्फत अर्यालले आफूले काठमाडौं महानगरको शिक्षा सल्लाहकारको पदबाट राजीनामा दिएको जानकारी दिएकी हुन् । हालै भएका महानगरको काम, निर्णय लिने दृष्णिकोण र महानगरका मेयर बालेन्द्र शाह (बालेन)को प्रत्यक्ष निर्देशनमा हुने निर्णयहरु आफ्नो मूल्यमान्यता विरुद्ध रहेले राजीनामा दिएको उनले उल्लेख गरेकी छन् ।

‘हालैका केही कार्यहरु, निर्णय लिने दृष्टिकोण र उहाँको (बालेनको) प्रत्यक्ष निर्देशनमा गरिएका निर्णयहरु मेरो मूल्यमान्यता विरुद्धमा भएका छन् र स्थार्थको द्वन्द्वको स्थिति सिजृना गरेको छ । त्यसैले मैले उहाँको सल्लाहकारको रुपमा रहेको पदबाट राजीनामा दिएकी छु ।’

उनले महानगरका प्रमुख बालेनले भारतीय फिल्म आदिपुरुषको विषयलाई लिएर गरेको निर्णयमा उनले असन्तुष्टि जनाएकी छन् । बालेनले आदिपुरुषको विषयलाई लिएर महानगरभित्रका फिल्म हलहरु बन्द गरिएका छन् । रेशुका श्रीमान्‌ (भास्कर ढुंगाना) फिल्म हल व्यवसायमा छन् ।

महानरगरले पछिल्ला दिनमा गरेको कार्यबाट मतदाता र महानगरबासी त्रसित भएको उनको भनाइ छ ।

अर्यालले आफू महानगरको नागरिक र मतदाताको हैसियतले सधै परामर्शमूलक लोकतान्त्रिक अभ्यासको पक्षमा रहेको उल्लेख गरेकी छन् ।

‘निर्णयहरु घोषणा गर्नुअघि र एक स्वस्थ्य, लोकतान्त्रि र दयालु समाज निर्माण गर्न, जहाँ मान्छे क्रासले शासित हुँदेनन, अनुसन्धान, स्थानीय सरकारको सिमिततालगायतले महत्व राख्छ’ उनले भनेकी छन् ।

१० महिना अघि शिक्षा सल्लाहकार रुपमा नियुक्त भएकी उनले आगामी दिनमा पनि आफूले विगत १० वर्षदेखि गर्दै आएको सार्वजनिक शिक्षा सुधार र उदारवादी लोकतान्त्रिकको विषयलाई निरन्तरता दिने पनि बताएकी छिन् ।

Publish on: