नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता छैनः पूर्वअर्थमन्त्री शर्मा « Eglish Khabarhub

नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता छैनः पूर्वअर्थमन्त्री शर्मा



काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता नभएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

शर्माले अर्गानिक मल कारखानाको भने अवश्यक्ता रहेको औंल्याए ।

कृषिमा आधारित उद्योगलाई संघले अध्ययन र अनुसन्धान गर्ने, विज्ञहरुको उपलब्धता गराउने र प्रदेशले प्रशोधन उद्योगहरु स्थापना गर्ने, कोलस्टोरहरु बनाउने र स्थानीय सरकारले उत्पादनमा जोड दिने, बाँझो जमिनको प्रयोगमा ध्यान दिनु पर्ने उनले बताए ।

Publish on: