![](https://internal.appharu.com/wp-content/uploads/2022/09/balen-and-ktm-metro-768x432.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध फिल्म हल सञ्चालकहरुले रिट दर्ता गरेका छन् ।
बालेनले भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतको छोरी भनिएको भन्दै काठमाडौंको हलमा प्रदर्शन गर्न रोक लगाएका थिए भने तोकिएको समयभित्र उक्त डाइलग नहटाइएको भन्दै महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएपछि उनीहरुले उच्च अदालत पाटनमा रिट दर्ता गरेका हुन् ।
क्षेत्राधिकारभन्दा बाहिरको कुरामा हस्तक्षेप गरी हिन्दी फिल्म ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाएको र अन्य हिन्दी फिल्महरु पनि रोकिएको भन्दै बुधबार उनीहरूले बालेनविरुद्ध रिट दर्ता गरेका हुन्।
मुद्दाको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ । अन्तरिम आदेश जारी गर्न हल सञ्चालहरूले उच्च अदालतसँग माग गरेका छन्।
SHARE YOUR THOUGHTS