सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो « Eglish Khabarhub

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेकाे छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १३ सय ७० रुपैयाँ कायम भएको छ ।

Publish on: