![](https://internal.appharu.com/wp-content/uploads/2023/03/Gold_sun-768x403.jpg)
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार तेजावी स्नको मूल्य प्रतितोला १ लाख ९ हजार एक सय रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा शुक्रबार १३ सय ६० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS