२ अर्ब लगानीमा कमलादीमा सिसामाथि हिँड्ने टावर- बन्जी, स्विङ लगायतका एड्भेन्चर सञ्चालनको योजना « Eglish Khabarhub

२ अर्ब लगानीमा कमलादीमा सिसामाथि हिँड्ने टावर- बन्जी, स्विङ लगायतका एड्भेन्चर सञ्चालनको योजना


१५ असार २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । काठमाडौंको मुटुमै रहेको कमलादीमा साहसिक पर्यटनको हव बनाउने प्रयास अनुसार स्काई वाक टावर शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गरिन्छ । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो ।

२५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता रहेको वन्डर्स ग्रुप प्रा.लि.का अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिए ।

‘टावरको २५ औं तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिड्न पाइन्छ ।’ पोख्रेल थप्छन् ‘यहाँ हिँड्दा खुला खाकाशमा हिँडेजस्तो अनुभव हुन्छ । साहसिक पर्यटनका पारखीहरूले यसमा मज्जा लिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’

साहसिक खेल खेल्न रुचाउनेहरूलाई थप मज्जा यस स्काई वाकले दिनेछ । स्काइ वाकमार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । एयरपोर्टमा जहाज उडाएको तथा जहाज ल्याण्ड गरेको दृश्यावलोकन समेत यहाँबाट सुन्दर देखिन्छ । करिब आधा घन्टासम्म त्यहाँ रहेर काठमाडौं उपत्यका, धरहरा लगायतको सुन्दर एवम् रोमाञ्चक दृश्यावलोकन गर्न सकिन्छ ।

झण्डै एक रोपनी क्षेत्रफलमा स्काइ वाक फैलिएको छ । यहाँ एकैपटक ५ सय मान्छे अट्नेछन् ।

टावरमा हिँड्नका लागि प्रयोग गरिएको सिसा ब्रिटिस स्ट्याण्डर्डको प्रयोग गरिएको पोख्रेलले जानकारी दिए । उच्च गुणस्तरको यस सिसामा हिँड्न सुरक्षित रहेको उनको भनाइ छ ।

टावरको २३ र २४ औँ तलामा रेष्टुरेन्ट र क्लब रहेको छ । जहाँ एकैपटक तीन सय मानिसले सेवा लिन सक्नेछन् ।

स्काइ वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र फास्ट फुड रेष्टुरेन्ट रहेको छ । जहाँ शुक्रबार र शनिबार सांगीतिक कार्यक्रम गरिने छ । कम्पाउण्डमा भएको रेस्टुरेन्ट र एम्पिथिएटरमा जान शुल्क लाग्दैन ।

यस टावरमा केही समयमा नै बञ्जी, स्विङ जस्ता अन्य साहसिक खेलहरू राख्ने तयारीमा हामी रहेका छौं ।

परियोजनाको परिकल्पना र लगानी

जापानमा इन्जिनियरिङ अध्ययनपछि हालको वन्डर्स ग्रुप प्रा.लि. का अध्यक्ष आकर्षण पोखरेलले नेपालमा स्काइ वाक बनाउने सोच बनाएर नेपाल फर्की परियोजनाको काम अगाडि बढाइएको थियो ।

कम्पनीको बोर्ड अफ डाइरेक्टरमा अध्यक्ष पोखरेल सहित , तेजबहादुर सिंह, खेमराज न्यौपाने, पदम न्यौपाने, आशुतोष विक्रम सिंह र सोहन श्रेष्ठ रहेका छन् । यसबाहेक अन्य करिब ५ दर्जन ब्यक्तिले परियोजनामा लगानी गरेका छन् । १३ रोपनी २ आना जग्गामा फैलिएको परियोजनाको कुल लागत २ अर्व रहेको छ ।

स्काइ वाकको डिजाइन डिजाइन रिपल कम्पनी र त्यहाँका इन्जिनियर किरण आचार्य र क्ले कन्सल्टेन्सीका जियोटेक इन्जिनियर उदायराज न्यौपानेले गरेका हुन् ।

वि.सं. २०७६ मंसिरमा नै शिलान्यास गरिएको यस परियोजना करिब २ वर्षभित्रैमा सम्पन्न गर्ने लक्ष्य लिएका थियौं । तर विश्व समुदायलाई नै आक्रान्त पार्नेगरि फैलिएको कोभिड १९ को महामारीले हामीलाई पनि प्रभावित पार्यो ।

यस ग्रुपले इलामको कन्याममा यसअघि नै स्काइ वाक चलाइसकेको छ भने धनकुटाको भेडेटारमा नयाँ स्काइ वाक बनाउने तयारी भइरहेको छ । यस्तै लुक्लादेखि चेदिङसम्म ५ किलोमिटरको दूरीमा केवलकार सञ्ञ्चालन गर्न समेत यो ग्रुपले डिपिआर गरिरहेको छ ।

कति लाग्छ शुल्क?

स्काइ टावरमा जानका लागि प्रतिव्यक्ति एक हजार शुल्क तिर्नुपर्छ । स्काइ वाक भएको २५ औं तलामा भन्दा माथी जान हार्नेस लगायत सेफ्टी इक्युपमेन्टको आवस्यकता पर्दछ जसको थप हजार रुपैयाँ शुल्क लाग्छ ।

टावरमा प्रवेश गर्नका लागि ८० वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट उचाइसम्मको बच्चालाई शुल्क लाग्दैन । ७० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट रहेको छ ।

उपत्यकाको केन्द्रमा रहेको छ स्काइ वाक । यहाँ पुग्न उपत्यकाको हरेक स्थानबाट करिब ३० रुपैयाँसम्म भाडा तिरेर सार्वजनिक यातायातमा सहजै पुग्न सकिन्छ ।

स्काइ वाक शुरूवाती दिनमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार ००:००  ११ : ३८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping