![](https://internal.appharu.com/wp-content/uploads/2023/06/rasopa-party-office-768x380.jpeg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’को अभिव्यक्तिमा जवाफ माग गर्ने भएको छ।
बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाले प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन व्यापारी प्रितम सिंह सक्रिय भूमिका खेलको भन्ने अभिव्यक्तिको विषयमा जवाफ माग्न लागेको हो ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले राजीनामा मागिरहेको बेला रास्वपाले पनि जवाफ माग गर्ने भएको हो ।
नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रचण्ड आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए ।
SHARE YOUR THOUGHTS