कक्षा ११ मा भर्नाका लागि थोरै दिन दिने गरिएको भन्दै महानगरको यस्तो सूचना « Eglish Khabarhub

कक्षा ११ मा भर्नाका लागि थोरै दिन दिने गरिएको भन्दै महानगरको यस्तो सूचना



काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नजिता सार्वजनिक भएको १५ दिनसम्म भर्नाका लागि आवेदन दिनसक्ने व्यववस्था गर्न शिक्षण संस्थाहरुलाई निर्देशन गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले महानगरभित्रका शिक्षण संस्थाहरुलाई एसईईको नजिता प्रकाशित भएसँगै तत्कालै भर्ना तालिका तय गरि छोटो समय मात्रै दिने गरेको पाइएकाले त्यसो नगरी कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न निर्देशन दिएको हो ।

महानगरले छोटो अवधिका लागि मात्रै भर्ना तालिका तय गर्ने गर्दा देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौं आउने विद्यार्थीहरुले आवेदन दिनसक्ने अवसरबाट वञ्चित भएको गुनासो महानगरमा प्राप्त भएको जनाउँदै शिक्षण संस्थाहरुलाई निर्देशन दिएको हो ।

Publish on: