मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ–संखुवासभामा प्रसारण लाइनका लागि जग्गाको मुआब्जा निर्धारण, प्रतिकठ्ठा कति तोकियो ?

prasaran line bijuli

काठमाडौं । खोटाङ–भोजपुर–उदयपुर–संखुवासभा ३३ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण भएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले एक सूचना प्रकाशित गर्दै आयोजनाका लागि उदयपुरको साबिक बसाहा गाविस र साबिक वडाहरुमा पर्ने जग्गाहरु स्थायी रुपले प्राप्ति गर्नुपर्ने भएकाले मुआब्जा निर्धारण गरिएको जनाएको छ ।

असार २४ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकबाट प्रति कठ्ठा १५ लाख ६१ हजार ९३६ रुपैयाँ ९४ पैसा मूल्यमा मुआब्जा निर्धारण गरिएको छ ।

कार्यालयले सूचना मार्फत नै मुआब्जा निर्धारणका लागि जग्गा धनिहरुले आआफ्नो हकदैया वा भोकचलन सम्बन्धि निस्स तथा प्रमाणपत्रसहित जग्ग धनिको सक्कल प्रमाण पुर्जा, नागरिकताको प्रतिलिप, तिरो तिरेको रसिदलगायतसहित जिल्ला कार्यालयमा सम्पर्क गर्न सकने जनाएको छ ।