![](https://internal.appharu.com/wp-content/uploads/2017/07/maobadi-kendra4_OldirDYnwU.jpg)
काठमाडौं । सत्तारुढ दल (नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आजै अपरान्ह ४ बजे बस्नेगरी सकिएको छ ।
बुधवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा आगामी १७ गतेबाट बस्ने केन्द्रीय समितिको एजेण्डा तयार गर्ने विषयमा प्ररम्भिक छलफल गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।
केन्द्रीय समितिको बैठकका लागि प्रारम्भिक एजेण्डा तय गर्न बैठक बसेको र केही पदाधिकारीहरुले आफ्नो धारणा राखिसकेको र केही पदाधिकारीको धारणा साँझ ४ बजेको बैठकमा राख्नगरी अहिलेलाई बैठक सकिएको उनले बताए ।
‘केन्द्रीय समितिको बैठक १७ गतेदेखि हुँदैछ । त्यो बैठकको प्रारम्भिक एजेण्डा तयार गर्न, विशेष गरी सबै पदाधिकारीहरुले आफ्नो धारणा राख्नुभयो । अध्यक्ष ज्युले नै आफू केही दिन बाहिर हुने र बैठकका प्रारम्भिक एजेण्डा तयार गर्नका लागि बैठक बस्नुहोला भनेकाले बसेको हो । केन्द्रीय कमिटी बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको छ । सबैले आ–आफ्ना कुरा राख्नुभयो । बैठक फेरि बेलुका ४ बजे बस्नेछ ।’
SHARE YOUR THOUGHTS