![](https://internal.appharu.com/wp-content/uploads/2022/11/tia-plane-768x349.jpg)
काठमाडौं । सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स’ (नाट्टा) ले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ । नाट्टा उत्प्रेषण मिश्रित परमादेशको माग गर्दै सर्वोच्च अदालत पुगेको थियो ।
अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमार्फत हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेका थिए ।
तर व्यवसायीहरुले भने हवाई टिकटमा भ्याट व्यवसायमैत्री नभएको, पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने, हचुवाका भरमा भ्याट लागू गरिएको भन्दै बिरोध गर्दै आएका छन् ।
SHARE YOUR THOUGHTS