धितोपत्र बोर्डको नीति तथा कार्यक्रम: नारा मिठा तर कार्यान्वयन फितलो « Eglish Khabarhub

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम: नारा मिठा तर कार्यान्वयन फितलो


१६ श्रावण २०८०, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल धितोपत्र गत आर्थिक वर्ष २०७९/०८० मा ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनको पक्ष निकै फितलो देखिएको छ ।

बोर्डले नीति तथा कार्यक्रम ल्याउँदा संस्थागत/नियमन क्षमता अभिवृद्धि, बजारको सन्तुलन तथा विस्तार, नियमन निकायको वाच डग एजेन्सी भूमिका सशक्तिकरण र बजार पारदर्शिता तथा मेरिट बेस प्रणालीको विकास गर्ने जनाएको थियो ।

बोर्डले आव २०७९/०८० को धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी नीति तथा कार्यक्रमलाई विकासात्मक र नियमति गरी दुई भागमा विभाजन गरेको थियो । बजारको विकासका लागि भन्दै बोर्डले ३७ बुँदे नीति लिएको थियो । लिएका नीतिको कार्यान्वयको अवस्था भने निकै कमजोर देखिएको छ ।

बोर्डले साना लगानीकर्ताका लागि भन्दै ल्याएका केही नीतिमा कुनै पनि काम हुन सकेको छैन । बोर्ड अध्यक्ष रमेश हमालले अध्यक्ष नियुक्त भएदेखि नै साना लगानीकर्ताको हितमा काम गर्न कुनै सम्झौता नगर्ने बताएका थिए । तर, उनले आफ्नो प्रतिबद्धता अनुसार काम गर्न नसकेको नीति तथा कार्यक्रमको कार्यान्वयनले पनि देखाएको छ ।

गत आवको नीति तथा कार्यक्रममा साना र सोझा लगानीकर्ताको हितका लागि भन्दै ‘धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जूमा गरी लागू गरिनेछ’ भनिएको थियो । बोर्डले गत आवमा यो विषयमा कुनै काम गर्न नसकेको स्वीकारेको छ ।

हरेक पटक साना लगानीकर्ताको हितमा काम गर्छु भनेर भन्न नथाक्ने बोर्ड नेतृत्वले यो वर्ष यो नीति हटाएको छ ।

बोर्डले गत आवमा ल्याएको नीति तथा कार्यक्रममा बोर्डका कर्मचारीको व्यक्तिगत विवरण, सेवा अवधिको विवरण, विदा विवरण, भ्रमण विवरण जस्ता कर्मचारीसँग सम्बन्धित विवरणलाई व्यवस्थित गर्दै पे रोल इन्ट्रिग्रेटेड भएको मोबाइल एप खरिद गर्ने र ह्युमन रिसोर्स इन्फरमेसन सिस्टम प्रणाली ट्रम्स अफ रिफ्रेन्स बमोजिम भए नभएको परीक्षण कार्य सकेर यो प्रणाली कार्यान्वयन गर्न डाटा प्रविष्ट कार्य सहित प्रणाली परीक्षण चरणमा प्रवेश गरेको जनाएको छ ।

बोर्डले गत आवमा आफ्नो नीति तथा कार्यक्रममा बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेश भएका निवेदनहरुलाई मेरिट बेस्ड फाइल एप्रुभ सिस्टमका आधारमा प्रकृया अघि बढाउने उल्लेख गरेको थियो । त्यो कार्यान्वयमा आएको छ ।

बोर्डले धितोपत्र तथा विवरणपत्र स्वीकृतितर्फ ३४ वटा संगठित संस्थाहरुको प्रारम्भिक सार्वजनिकनिष्काशनलाई मेरिट बेस्ड फाइल एप्रुभ सिस्टमका आधारमा विवरणपत्र स्वीकृति प्रदान गरेको छ । आव २०७९/८० मा १४ वटा सामूहिक लगानी कोष योजनाको विवरणपत्र स्वीकृत गरेको छ ।

विशिष्टीकृत लगानी कोष योजनाको स्वीकृति पनि पनि त्यही व्यवस्था अनुसार गरेको जनाएको छ । विशिष्टीकृत लगानी कोष संचालन गर्न १२ वटा कोष व्यस्थापकहरुलाई अनुमति दिएको छ ।

बोर्डले वस्तु विनिमय बजार संचालन गर्न इच्छुक कम्पनीहरुलाई कम्पनी स्थापनाका लागि पूर्व स्वीकृतिकोनिवेदन पेश गर्न सूचना प्रकाशित गरेको थियो । बोर्डले दुई वटा कम्पनीलाई मात्रै लाईसेन्स दिने भनेर आवेदन माग गरेको भएपनि नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्ज गरी ४ वटाले आवेदन दिएका छन् । बोर्डले उक्त आवेदनको अध्ययन तथा जाँचबुझ गरिरहेको जनाएको छ ।

गत आवको नीति तथा कार्यक्रममा वस्तु विनियम बजार सञ्चालनका लागि आवश्यक वेयरहाउस सम्बन्धी नियमावली, वस्तु कारोबार दलाल व्यवसायी तथा बजार निर्माता नियमावली र राफसाफ तथा फछ्र्यौट सम्बन्धी नियमावली तथा विनियमावलीहरु तयार गर्ने, दरखास्त आव्हान गर्ने र अनुमतिपत्र प्रदान गरी सञ्चालन व्यवस्था गर्ने भनेको थियो । बोर्डले गत आवमा नियमावली तथा विनियमावली बनाउन नसकेपछि उक्त नीति तथा कार्यक्रम चालु आवमा पनि समावेश गरेको छ ।

गत आवको नीति तथा कार्यक्रममा बोर्डले धितोपत्र दलाल व्यवसायी र धितोपत्र व्यापारीको संख्यामा थप्ने जनाएको थियो । गत आवमा बोर्डबाट ४२ वटा धितोपत्रदलाल व्यवसायी तथा १ वटा धितोपत्र व्यापारी (स्टक डिलर) लाई पूर्वाधार तयार गर्न भनेको छ ।

अहिलेसम्म २९ वटा वटा धितोपत्र दलाल व्यवसायीलाई लाईसेन्स दिएको छ ।  धितोपत्र व्यापारीका लागि आवेदन माग गरेको भएपनि सरकारलाई नै लाईसेन्स दिन रोक लगाएको छ ।

बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षणमा सेयर दिने नीति लिएको थियो । उक्त नीति कार्यान्वयमा आएर ३३ वटा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आरक्षण सेयर नै निष्कासन गरिसकेका छन् ।

यस्तै बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन गर्ने भनेको थियो । जुन संशोधन गरेर लागू समेत गरेको छ । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लाई २०७९ कात्तिक २४ गतेदेखि लागु गरेको छ ।

यस्तै बोर्डले आफ्नो नीति तथा कार्यक्रममा भएको धितोपत्र बजारका लगानीकर्ताहरुलाई सुसूचित निर्णयका लागि आवश्यक हुने सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था लगायतका सूचना तथा विवरण प्रवाह समयमानै भए नभएको विषयमा विवरण तयार गरी समयमा नै पेश नगरेकाको सन्दर्भमा सो को कारण माग गरी समयमा नै पेश गर्न पत्राचार गर्ने व्यवस्था गरेको छ ।

धितोपत्र बजारमा हुने सूचना तथा विवरण प्रवाहको सहज एवं सुदृढ व्यवस्था गर्न विद्युतीय विवरण प्रवाह तथा प्राप्ति प्रणाली विकास गरिएकोमासमेत थप गरिएको जनाएको छ ।

यस्तै धितोपत्र बजार तथा वस्तु विनिमय बजार सहभागी तथा अन्य निकायबाट सञ्चालन हुने कार्यक्रमहरूमा नियमन व्यवस्था तथा बजारसम्बन्धी महत्वपूणर् विषय वस्तुहरु सम्बन्धमा प्रस्तुति तथा प्रशिक्षणका लागि बोर्डबाट प्रशिक्षक पठाई बजार सम्बन्धी प्रशिक्षण तथा साक्षरता अभिवृद्धिगरिएको कार्य निरन्तररुपमा गरिएको जनाएको छ ।

यस्तै सेक्युरिटिज एण्ड फ्यूचर मार्केट इन्स्टिच्यूट स्थापनाका लागि बोर्डल्े अध्ययन गरिसकेको जनाएको छ । यो पटक बोर्डले अघिल्ला वर्षहरुमा भन्दा पनि बढी बोर्डका कर्मचारीहरुलाई नियमित रुपमा अन्तर्राष्ट्रिय तालिम एवं गोष्ठीमा पठाएर धितोपत्र बोजारको विकासका लागि योगदाने काम गरेको छ ।

बजारको विकास र साना लगानीकर्ताको हितका लागि आवश्यक नीति नियम बनाउनका लागि भन्दै बोर्डले कतिपय विभागका कर्मचारीलाई पटक पटक अध्ययन अनुसन्धानका लागि विदेशमा पठाएर त्यही अनुसारका ऐन कानून निर्माण गरिरहेको जनाएको छ । बोर्डले गत आवमा बजोकार विकासका लागि ल्याएको नीति तथा कार्यक्रमबाट बजार विकासात्मक कार्यक्रम करिब ३५ प्रतिशत मात्रै गर्न सकेको जनाएको छ । कतिपय कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा रहेको जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार ००:००  ९ : २५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping