
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न स्थानमामा रहेका होर्डिङ बोर्ड हटाउने क्रममा मंगलबार कालिकास्थान क्षेत्रका होर्डिङ बोर्ड हटाएको छ ।
महानगरको प्रहरी बलले यो क्षेत्रमा रहेका मापदण्डविपरीतका होर्डिङ बोर्डहरु हटाएको हो ।
महानगरपालिकाले सहरी सौन्दर्यलाई बचाइराख्न मापदण्डविपरीत र ठूलो आकारमा राखिने होर्डिङ बोर्डलाई हटाउँदै आएको छ ।
व्यवसायको क्षेत्रफलका आधारमा तोकिएको मापदण्डभित्र नरहेका यस्ता होर्डिङ बोर्ड हटाइँदै आएको हो ।


SHARE YOUR THOUGHTS