मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपति क्षेत्रका अवैध संरचनामा काठमाडौं महानगरले चलायो डोजर


काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा बनाइएको अबैध संरचनाहरु हटाएको छ ।

पशुपति क्षेत्र विकास कोषको जग्गामा बनाइएका अबैध संरचनाहरुमा शुक्रबार महानगरले डोजर लगाएको हो ।

पशुपति भण्डारखालमा सञ्चालन गरिरहेको होटल, मोटरसाइकल वर्कसपहरु भत्काइएको महानगर प्रहरीले जनाएको छ । महानगरले पछिल्लो समय अवैध संरचनाहरु भत्काउने काममा तिव्रता दिएको छ ।