![](https://internal.appharu.com/wp-content/uploads/2019/05/lalita-niwas-photo.jpg)
काठमाडौं । ललिता निवासर जग्गा प्रकरणमा अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरेको हो ।
शुक्रबारबाट अभियोगपत्र लेख्न थालेको जिल्ला सरकारी वकिल कार्यालय आज त्यसलाई अन्तिमरुप दिएर अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ । सीआईबीले अनुसन्धानपछि बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख भए बमोजिमका केही दाबीलाई थपघट गर्दै मुद्दा दर्ताको तयारी सरकारी वकिल कार्यालयले गरेको हो ।
सीआईबीले २८६ जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ । उक्त प्रकरणमा पूर्वमन्त्रीहरु,व्यवसायी, कर्मचारी लगायतको संलग्नता रहेको प्रहरी दाबी छ ।
SHARE YOUR THOUGHTS