१३ कम्पनी कालोसूचीमा « Eglish Khabarhub

१३ कम्पनी कालोसूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न १३ कम्पनीहरुलाई कालोसूचिमा राखेको छ । यी कम्पनीहरुलई न्युनतम १ वर्षदेखि अधिकतम तीन वर्षसम्मका लागि कालोसूचिमा राखिएको छ ।

कालोसूचिमा पर्ने कम्पनीहरुमा १ वर्षका लागि काठमाडौंको इपिक कम्प्युटर्स ट्रेडर्स, काठमाडौंकै मकर गणेर कन्स्ट्रक्सन प्रा।लि, बाँकेको बाबा इन्फ्रा प्रोजेक्ट प्रा।लि, पोखराको नव निर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स, काठमाडौंको यु।डी एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स, दोखलाको पुतलीकाठ निर्माण सेवा प्रा।लि र चितवनको अर्विन्द्र कन्स्ट्रक्सन रहेका छन् ।

काठमाडौंको चुलीडाँडा निर्माण सेवा नामक कम्पनीलाई १ वर्ष ६ महिनाका लागि कालोसूचिमा राखिएको छ । त्यस्तै, दुई वर्षका लागि मकवानपुरको शिवालय बिल्डर्स र बिराटनगरको आज्ञा एण्ड कम्पनी प्रा।लिलाई कालोसूचिमा राखिएको छ ।

त्यस्तै, तीन वर्षको अवधीका लागि कञ्चनपुरको गणपति कन्स्ट्रक्सन, भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राप्रोजेक्ट प्रा।लि र काठमाडौंको जोशी बिज हाउस प्रा।लिलाई कालोसूचिमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचिमा राखेका यी कम्पनीहरुले कालोसूचिमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्कामा भाग लिन पाउने छैनन् ।

Publish on: