![](https://internal.appharu.com/wp-content/uploads/2023/06/prakash-sharan-mahat2-1.png)
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा चाँडै नै लगानी सम्मेलन गर्ने बताएका छन् ।
लगानी बोर्डको १२ औं वार्षिक उत्सव कार्यक्रममा उनले चाँडै नेपालमा लगानी सम्मेलन गर्ने बताए । सरकारले चालु आर्थिक वर्षको लागि ल्याएको बजेटमा पनि लगानी सम्मेलनको विषय उल्लेख रहेको भन्दै उनले लगानी सम्मेलन केही समयमा गर्ने बताएका हुन् ।
मन्त्री महतले नेपालमा विभिन्न क्षेत्रमा लगानीका लागि अथाह सम्भावना रहेको बताए । ‘नेपालमा लगानी गर्न उपयुक्त वाताबरण छ, राम्रो कानून छ,’ उनले भने, ‘लगानी गर्न आउनेलाई सँधै स्वागत छ ।’
नेपालमा लगानीका लागि अथाह सम्भावना भएका क्षेत्रमा आईटी रहेको उनको भनाइ छ । मन्त्री महतले नेपालमा युवाहरुले आईटी क्षेत्रमा लगानी गरेर सेवा निर्यात गरिरहेको स्मरण गरे । उनले आईटी क्षेत्रमा लगानी गर्न चाहने विदेशमा रहेका कम्पनीहरु भित्र्याउन आवश्यक रहेको बताए ।
आईटीका साथै औद्योगिक क्षेत्र, कृषि, सञ्चार, जलविद्युत, मिनरल्स लगातयका क्षेत्रमा लगानी गर्ने वातावरण रहेको रहेको उनको भनाइ छ ।
नेपालमा लगानी गरेर डाबर नेपाल, विभिन्न हाईड्रो कम्पनी, कोकाकोला, कम्युनिकेशन क्षेत्र, सूर्य टोबाको लगायतले लगानीकर्ताले राम्रो नाफा कमाएको स्मरण गराए । मन्त्री महतले केही दिनमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले नेपालमा जलविद्युतको सम्भावना खोल्ने दाबी गरे ।
SHARE YOUR THOUGHTS