![](https://internal.appharu.com/wp-content/uploads/2023/03/Gold_sun-768x403.jpg)
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बुधबार तेजावी सुनको मूल्य १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर १४ सय ५ रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS