काठमाडौं । ‘ट्रेकिङ गियर’ तथा ‘आउटडोर स्पोर्ट्सवेर’का लागि चर्चित ब्रान्ड ‘हुम्तो’ आधिकारिक रूपमा नेपाल भित्रिएको छ ।
हुम्तोका जुत्ताहरू नेपालमा यसअघिबाटै लोकप्रिय रहँदै आए पनि आधिकारिक रूपमा भने शुक्रबारबाट बिक्री वितरण शुरू भएको हो ।
कुमारी इंक प्रालिले ‘इम्पोर्ट’ गरेका हुम्तोका सामानहरूको आधिकारिक बिक्रेता जाल्पा इन्टरनेसनल प्रालि रहेको हुम्तो नेपालले जनाएको छ ।
न्यूरोडस्थित नेपा कम्प्लेक्सको पाँचौं तल्लामा खुलेको शोरुम शुक्रवार अल्ट्रा म्याराथन धावक मीरा राई, साउथ एसियन गेम्सका डबल गोल्ड मेडलिस्टद्वय आयशा शाक्य (तेक्वान्दो) र मण्डेकाजी श्रेष्ठ (कराँते), राष्ट्रिय फूटबल टोलीका गोलकिपर विकेश कुथु तथा हुम्तो ब्रान्डका सीईओ लिउ लियाङबिनले संयुक्त रूपमा उद्घाटन गरे ।
हुम्तो नेपालको कार्यालय भने आमा लीलादेवी न्यौपानेको हातबाट उद्घाटन गरिएको कुमारी इंक तथा जाल्पा इन्टरनेसनल प्रालिका डाइरेक्टर सुदर्शन न्यौपानेले बताए । उद्घाटनका क्रममा ब्राह्मणहरूले स्वस्तिवाचन समेत गरेका थिए ।
ट्रेकिङ र आउटडोर स्पोर्ट्सका लागि आवश्यक पर्ने जुत्ता, ज्याकेट, टीशर्ट, हुडी, क्याप, ब्याग, क्याम्पेन टेन्ट, बोत्तलदेखि स्टिकसम्मका सामान उपलब्ध रहेको न्यौपानेले बताए ।
‘ट्रेकिङ र आउटडोर स्पोर्ट्सका लागि आवश्यक सबैखाले सामानहरू उपलब्ध छन्,’ न्यौपानेले भने, ‘विश्वभर चर्चामा रहेको ब्रान्डका गुणस्तरीय सामान रिजनेबल प्राइसमा उपलब्ध गराएका छौं ।’
यस ब्रान्डको स्थापना सन् १९८५ मा चीनमा भएको थियो । अहिले विश्वका कैयन मुलुकमा ट्रेकिङका लागि हुम्तो पहिलो रोजाइको ब्रान्ड रहेको दाबी न्यौपानेको छ ।
SHARE YOUR THOUGHTS