![](https://internal.appharu.com/wp-content/uploads/2023/09/NRB-New.jpg)
काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकलाई निक्षेप संकलनमा सीमा नलाग्ने भएको छ ।
राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ संशोधन गरी ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकलाई निक्षेप संकलनमा सीमा नलाग्ने व्यवस्था गरेको हो ।
संशोधित एकीकृत निर्देशनमा भनिएको छ, ‘क वर्गका इजाजतपत्र प्राप्त संस्था तथा ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकलाई निक्षेप संकलनसम्बन्धी कुनै सीमा लाग्ने छैन ।’
यसअघि ‘क’ वर्गका बैंकलाई मात्र सीमा नलाग्ने व्यवस्था थियो ।
SHARE YOUR THOUGHTS